प्रकाशित: २०७४ मंसिर २१
अहिलेसम्म कांग्रेसको तीन, वामगठबन्धनको १० भन्दा बढी स्थानमा अग्रता

Image

-विश्व न्यूज संबाददाता
काठमाडौँ, मंसिर २१ । मुस्ताङ, वझाङ, जुम्ला, सोलुखुम्बुलगायतका जिल्लाको पनि प्रारम्भिक नतिजा आएको छ । अहिलेसम्म गणना भएको मध्ये दुई स्थानमा मात्र कांग्रेसले अग्रता लिएको छ ।  मुस्ताङमा प्रेम तुलाचन–एमाले ६३५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसमा रोमी गौचनले ५०६ ल्याएका छन् ।  
 
बझाङमा एमालेका भैरब बहादुर सिंहले अग्रता लिएका छन् ।  जुम्लामा पनि वाम गठबन्धन, नरेश भण्डारी ६१२ मतसहित अग्र स्थानमा छन् ।  
कांग्रेसका राजु सिंह कठायतले ५०८ मत ल्याएका छन् ।  वाम गठबन्धनको एमाले ६ बढी र माओवादीले ३ भन्दा बढी स्थानमा अग्रता लिएको छ ।