प्रकाशित: २०७४ कार्तिक २१
सबै उपपरिसुचक तल झर्दा, कारोबार रकम स्थिर रह्यो

-Krishna Prasad Bhattarai

मंगलबार पनि नेप्से परिसुचक नकारात्मक नै रह्यो । बजार शुरुवातमा सामान्य उकालो लागे पनि  करिब ३० मिनेट नपुग्दै पुन ओरालो यात्रा तय गर्दै  बजार बन्द हुने समयसम्म आईपुग्दा ८ दशमलव ९७ अंकले घटेर एक हजार ४ सय ८४ दशमलव ४५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यसअघि साताको पहिलो दिन आइतबार २६ अंकले घटेको नेप्से परिसुचक सोमबार बजार ३ दशमलव ०४ अंकले झरेको थियो

यसदिन कारोबारमा आएका दश उपपरिसुचक मध्ये ट्रेडिङबाहेकका सबै उपपरिसुचक घटेसँगै समग्र बजार घटेको हो । आज सबैभन्दा बढी बीमा समूह ४९ दशमलव ७३ अंकले घटेको छ । त्यस्तै होटल समूह ४६ दशमलव ९४ अंकले, माइक्रोफाइनान्स समूह १७ दशमलव ६७ अंकले, बैंकिङ समूह ७ दशमलव ४९ अंकले, फाइनान्स समूह ७ दशमलव ३६ अंकले, विकास बैंक समूह ६ दशमलव ३६ अंकले, अन्य समूह ४ दशमलव ३४ अंकले र जलविद्युत समूह २ दशमलव ८५ अंकले घटेका छन् ।

परिसुचक घटेपनि सोमबारको तुलनामा कारोबार रकम भने स्थिर रहेको छ । सोमबार १६० कम्पनीको ४१ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा मंगलबार १५९ कम्पनीको ४२ करोड ४४ लाख ४६ हजार ७५६ रुपैयाँको शेयर खरिदबिक्री भएका छन् ।

आज सबैभन्दा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर किनबेच भएको छ । यो कम्पनीको एक करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै नेपाल दुरसञ्चार कम्पनीको एक करोड ५५ लाख र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको एक करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सर्वाधिक गुमाउनेमा काबेली विकास बैंकका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयर आज ७ दशमलव ३१ प्रतिशतले घटेको छ । त्यस्तै सर्वाधिक कमाउनेमा भने सुर्योदर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । आज यो कम्पनीको शेयर मूल्य ८ दशमलव शून्य ८ प्रतिशतले बढेको छ ।