प्रकाशित: २०७४ कार्तिक २३
सब्जीको भाउ आकासिंदै, किसान समस्या झेल्दै

-Krishna Prasad Bhattarai

पछिल्लो बजार भाउलाई केलाउने हो भने नेपालका कृषक जो तरकारी बाली लगाइरहेका छन्, उनीहरु निकै मालामाल होलान भनेर र कतिको मन त तरकारी खेति तर्फ मोडी सकेको पनि होला । तर वास्तविकता त्यस्तो छैन । मकवानपुरका कृषकहरुले आयआर्जन गर्न सक्ने खालका कार्यक्रमलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन ।

मकवानपुर टिष्टुङकी कृषक रुकमणि शिकारीले आयआर्जन गर्न सकिने कार्यक्रमलाई निरन्तरता दिन कृषि विकास मन्त्रालयसँग माग गरेकी हुन । काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कृषिबालीमा लाग्ने रोग नियन्त्रणका पनि सरकारले विशेष खालको कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिइन ।

 

मकवानपुर दामनका कृषक कृष्णमान श्रेष्ठले मल र विउविजनको अभावमा आफूहरुले ठूलो क्षति व्यहोर्दै आएको गुनासो गरे । उनले सरकारले उचित व्यवस्था गर्न नसक्दा कृषकहरुले तरकारी बालीबाट धेरै नोक्सान व्यहोर्नु परेको पनि स्पष्ट पारेका छन ।

कृषकहरुले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा विहान ७ बजेपछि मालबहाक ट्रक भित्र छिराउन नपाउँदा ठूलो मारमा पर्नु परेको गुनासो पनि गर्दै आएका छन । कृषक श्रेष्ठले सवारी अवरोधका कारण कहिलेकाही ढिला गरि तरकारी काठमाडौंको कालिमाटी पुग्ने गरेपनि विहान ७ बजेपछि गाडी भित्र छिर्न नपाउँदा ठूलो क्षेती व्यहोर्नु परेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा कृषि र कृषि क्षेत्रको विकासमा सरकारले खासै चासो नदिएको गुनासो समेत गरिएको थियो ।