प्रकाशित: २०७४ पौष १७
नेप्से उकालो लाग्यो लगानीकर्ता केही उत्साहित, एकै दिन ४५ अंकले बढ्यो



Image


काठमाडौँ, १७ पुस । नेप्से परिसूचक सोमवार उकालो लागेको छ । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से एकै दिन ४४.५ अंकको वृद्धि हासिल गरेपछि लगानीकर्ता केही उत्साहित बनेका छन् ।  
पुस मसान्तमा सेयर धितोमा कर्जा लिएकाहरुले व्याज तिनुपर्ने, मार्जिन कलको सामना गर्नुपर्ने सम्भावना पनि रहेकोले आगामी दिनमा नेप्सेले लिने गति अनुसार यसको प्रभाव पनि देखिनेछ । बजार वृद्धिको दिशामा रहेमा यसको दबाब बजारमा कम पर्नेछ भने बजार घट्दो क्रममा देखिएमा थप चाप पर्नेछ ।

धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुको सेयर मूल्य बोनस लगायतको समायोजन पछि १ हजार मुनि र अन्यको ४ सयदेखि माथि रहेकोले पनि यही समूहमा उच्च वृद्धि भएको हो । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३.७५, ३.५८ प्रतिशतको दरमा बढेको छ ।

सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।