प्रकाशित: २०७४ पौष १८
पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार



Image

काठमाडौं, १७ पुस । ललितपुर क्षेत्र १ का निर्वाचित एमाले सांसद पूर्वडीआईजी नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले  पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएपछि अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको काठमाडौं प्रहरीको भनाई छ ।  मंगलबार काठमाडौं परिसरले कार्य सम्पादन मूल्यांकन फाइल कीर्ते प्रकरणमा सिलवालको वयान लिन उपस्थित गराउनका निम्ति पत्राचार गरेको जानकारी दिएको छ ।  काठमाडौं परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार अदालतको सम्मान गर्दै कासमो कीर्ते प्रकरणको आवश्यक छानबिनका लागि सिलवाललाई सोधपुछसँगै वयान लिन पक्राउ गरी सहयोग गरिदिन पत्राचार गरिएको हो। आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा निवेदन जाहेरी दिएका थिए ।  डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो