प्रकाशित: २०७४ पौष २०
पेस्तोल र गोलीसहित पेरिसडाँडाबाट युवक पक्राउ



Image

काठमाडौँ, पुस २० । प्रहरीले एक युवकलाई पेस्तोल र गोलीसहित कोटेश्वरको पेरिसडाँडाबाट पक्राउ गरेको छ। राजधानीको कोटेश्वरबाट बिहीबार बिहान सुवास कार्की नामका युवक एक पेस्तोल र त्यसको पाँच राउन्ड गोलीसहित पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।