प्रकाशित: २०७४ कार्तिक २३
ग्लोबल आईएमई बैंक मुलुक बाहिर विस्तार हुँदै

-samir

ग्लोबल आईएमई बैंकले लन्डनमा पनि बैकिङ सेवा सुरु गर्ने भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले लन्डनमा पनि बैंकिङ कारोबार सुरु गर्न लागिएको जानकारी दिएका छन् ।

बैंकले विहिबार काठमाडौंमा आफ्नो स्थापनाको ११औ  वार्षिक उत्सवको अवसर पारेर ७ वटै प्रदेशमा रहेका शाखाहरुको सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३÷०७४ मा ३ अरव ६ करोड ४० लाख मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी व्याजतर्फको आम्दानी पनि गत वर्षको भन्दा यस वर्ष २ अरव ३७ करोड वृद्धि भएको छ ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १६ दशमलव ०९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ४२ करोड ९ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ४८ रुपैयाँ, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ५४ दशमलव २८ रुपैयाँ र तरलता अनुपात २९ दशमलव ८१ प्रतिशत रहेको छ ।