प्रकाशित: २०७४ पौष २३
वनरक्षक र तस्करबीच गोली हानाहान

Image

रौतहट, पुस २३ । रामलाल बृन्दावन वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करबीच गोली हानाहान भएको छ । गोली हानाहानमा मानवीय क्षति भने भएको छैन ।

सर्लाहीबाट हतियारसहित रौतहटको वनमा काठ तस्करीमा आएका तस्कर भगाउन वन गस्ती टोलीले १२ राउन्ड गोली चलाउनु परेको रेन्जर हिरोईत चौधरीले जानकारी दिए ।

काठ तस्करले पनि वन कर्मचारीलाई गोली हानेका थिए । शनिबार राति भएको गोली हानाहानपछि तस्कर काठ छाडेर भागेका छन् । बन कर्मचारीले ६ थान गोलिया र एक थान टायर गाडा बरामद गरेको रेन्जर चौधरीले जानकारी दिए ।
राति हुस्सु लागेका कारण काठ तस्कर पक्राउ गर्न नसकिएको र तस्कर गोरु लिएर भाग्न सफल भएको डिएफओ दीर्घनारायण कोईरालाले जानकरी दिए ।

 

s