प्रकाशित: २०७४ पौष २४
प्रधानमन्त्रीलाई शीतल निवास बोलाएर राष्ट्रपतिले भनिन्– ‘प्रदेशहरूको अस्थायी राजधानी तोक्नुहोस्’

Image

काठमाडौं, पुस २४ ।  प्रदेशहरूको अस्थायी राजधानी तोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आलटाल गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तत्काल तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिएकी छन्। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले यस्तो सुझाव दिएकी हुन् ।  प्रदेशहरूको अस्थायी राजधानी तोक्न सरकारलाई राष्ट्रपतिज्युले सुझाव दिनुभएको छ– ‘राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले भने । प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि देउवा र भण्डारीबीच छलफल भएको थियो । प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए।
 

s