प्रकाशित: २०७४ पौष २४
गोविन्द्र केसीविरुद्ध पक्राउ पूर्जी जारी

Image

काठमाडौँ, पुस २४ । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण अनसन सुरु गरेपछि सर्वोच्च अदालत झस्किएको छ । केसीले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको भन् भन्दै अनसन सुरु गरेको केही घण्टा पनि वित्न नपाउँदै सर्वोच्चले अवहेलना मुद्दामा केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई मंगलबार विहान ९ बजे उपस्थित गराउनु भनेको छ । ‘डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइयो, आदेशमा भनिएको छ, ‘अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४–९–२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

डा। केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए ।

अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा। केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए ।

s