प्रकाशित: २०७४ पौष २७
सेनाको मेजरमाथि यौन दुराचारको अभियोग



Image

काठमाडौं,२७ पुस  ।  बालिकामाथि यौन दुराचार गरेको अभियोगमा प्रहरीले नेपाली सेनाका एक मेजरमाथि अनुसन्धान अघि बढाएको छ । मेजर प्रभवविक्रम शाहलाई प्रहरीले पक्राउ गरी गत साता सोनालाई बुझाएको थियो ।

सैनिक ऐनअनुसार प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न नमिल्ने भएकाले सेनालाई बुझइएको हो । ‘मेजर शाह हिरासतमा छन, उनीमाथि प्रहरीले छानविन गरिरहेको छ, ।’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने ।  

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि यौडेलका अनुसार बालिकामाथि अप्राकृतिक यौन गतिविधि गरेको भन्दै पीडित परिवारले प्रहरीसमक्ष उजुरी दिएको थिए । मेजर शाह २३ नम्बर बाहिनी बाग्लुङमा कार्यरत छन् । नयाँ पत्रिकामा समाचार छ ।