प्रकाशित: २०७४ पौष २७
माओवादी केन्द्रका मन्त्रीले राजीनामा बुझाउँदै

Image

काठमाडौँ, २७ पुस । नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने भएका छन् । विनाविभागीय मन्त्रीहरुले राजीनामा बुझाउन लागेको सो पार्टीले जनाएको छ ।

सत्ता साझेदारीमा रहेकै बेला तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग चुनावी तालमेल र पार्टी एकताको निर्णय गरिएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई जिम्मेवारीमुक्त गरेका थिए ।  ‘निर्वाचनको सुनिश्चितताका लागि हामी सरकारमा थियौँ, निर्वाचन सम्पन्न भएको छ । हामीले धेरै अपजस सहेर पनि निर्वाचन सम्पन्न गरायौँ, वाम गठबन्धनले जीत हासिल गरेको छ । हाम्रो जिम्मेवारी हामीले पूरा ग¥यौँ भन्ने लागेको छ’, एक विनाविभागीय मन्त्रीले

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारु मन्त्रीका रुपमा सहभागी थिए ।  त्यस्तै माओवादी केन्द्रबाट सात राज्यमन्त्री सरकारमा सहभागी थिए । विनाविभागीय भए पनि उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदै आएका थिए ।

s