प्रकाशित: २०७४ कार्तिक २५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनाममा

Image
-Krishna Prasad Bhattarai

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन् । भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो । 

भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, (एपिइसी) को सम्मेलनमा सहभागिताका लागि उनी यहाँ आएका हुन् ।  

उनले सो सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा थिए ।  

उनी शुक्रबारै चीनबाट भियतनाम पुगेका थिए । उनले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गरेका थिए ।