प्रकाशित: २०७४ कार्तिक २८
दक्षिण एशियाली आर्थिक सम्मेलन काठमाडौमा

Image

-विश्व न्यूज संबाददाता

कार्तिक २८ । दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन काठमाडौमा आज देखि हुने भएको छ । राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको जानकारी दिएको छ ।

 

नेपाल लगायत दक्षिण एसियाका मुलुकहरुको आर्थिक सामाजिक विकासमा देखिएका समस्या बारे छलफल गर्न यो सम्मेलन हुन लागेको हो । नेपाल सरकार, राष्ट्रिय योजना आयोग वाणिज्य मन्त्रालय र साउती नेपालको आयोजनामा दशौं संस्करणको सम्मेलन हुने भएको हो ।

दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्रहरुमा बिभिन्न समूहमा छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा दक्षिण एसियाली मुलुकहरुका २०० भन्दा बढी विज्ञ प्रतिनिधिहरुको सहभागिता हुने छ ।

आगामी बिहिबार सम्म चल्ने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार र सम्भावना पहिल्याउने, दिगो विकासका लक्ष्यका प्राप्तिका लागि सामुहिक रणनीति बनाउने , समावेशी विकासका अवधा।णाहरु, जलबायु परिबर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप तथा  जोखिम न्यूनीकरणजस्ता  विषयमा छलफल हुने कार्य तालिका रहेको छ ।