प्रकाशित: २०७४ कार्तिक २८
चार पटक विजेता बनेको इटाली विश्वकप बाहिर

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २८ । चार-चार पटकको विश्व च्याम्पियन इटाली रूसमा हुने विश्वकप फुटबलबाट बाहिरिएको छ । सोमबार राति विश्वकप छनोटका लागि भएको खेलमा स्विडेनसंग गोल रहित बराबरीमा खेलेपछि इटालीको विश्वकप खेल्ने सम्भावना सकिएको हो ।

 

स्विडेन भने इटालीलाई १–० ले हराउँदै १२ औं पटक विश्वकपमा छानिएको हो । यसअघिको स्वीडेनसँगको पहिलो लिगमा १–०  अप्रत्यासित हार बेहोरोको इटाली दोस्रो लिगमा स्विडेन संगै बराबरीमा रोकिए पछि उसको विश्वकप यात्रामा पूर्णविराम लागेको हो ।

सन् १९५८ को उपविजेतासमेत रहेको स्वीडेनले सन् २००६ को विश्वकप पछि पहिलो पटक छानिएको हो । १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा उपाधिको बलियो दाबेदार इटालीलाई निराश पार्दै स्विडेनले रूसकको टिकट काटेको हो ।

 

स्विडेनको घरेलु मैदानमा पराजित इटालीले आफ्नै घरेलु मैदानमासमेत गोल गर्न नसक्दा इटाली दर्शकलाई निरास बनाएको हो ।

 

खेल अवधिभर अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल गर्न नसक्दा स्वीडेनका लागि विश्वकप यात्रा सहज बन्यो। घरेलु मैदानमा पराजित भएपछि इटालीका कप्तान तथा गोलरक्षक बुफोनले सन्यास लिएका छन् ।