प्रकाशित: २०७४ कार्तिक २८
कांग्रेसको भ्रममा नपर्न एमाले अध्यक्ष ओलीको शंख ध्वनि

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरुले अधिनायकवादी शासन चलाउँछन भनेर काँग्रेसले जनतामा भ्रम छरिरहेको भन्दै आक्रोश पोखेका छन् साथै काँग्रेस राष्ट्रहितको पक्षमा नरहेको आरोप समेत लगाएका छन् ।

मंगलबार बामपन्थी गठबन्धनका तर्फबाट काठमाडौंका प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुको परिचय कार्यक्रममा बोल्दै उनले काँग्रेसलाई लोकतन्त्रको नाममा अलोकतान्त्रिक गतिविधि नगर्न पनि चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारले घोषणा पत्रमा समेत कूटनीतिक मर्यादामा जोड दिएर भारत सामू निरिहता प्रकट गरिरहेको दावी गरेका छन् । उनले काँग्रेसको घोषणा पत्रमा राष्ट्रिय हितका कुनै एजेन्डा उल्लेख नभएको आरोप पनि लगाए ।

अध्यक्ष ओलीले बाम गठबन्धन निर्माणपछि देशभर उत्साह छाएको र मुलुकलाई समृद्ध बनाउन नै बाम गठबन्धन निर्माण गरेकाले जनतामा खुसी छाएको तर्क अघि सारेका छन् ।

अध्यक्ष ओलीले बाम गठबन्धन मुलुकको हितमा रहेकाले त्यसमा आशंका नगर्न पार्टीका नेता कार्यकर्तालाई पनि सचेत गराएका छन् ।