प्रकाशित: २०७४ कार्तिक २९
स्वास्थ्य र प्रतिष्ठाको पर्याय खेलकुद : मन्त्री राजेन्द्रकुमार केसी

Image

-विश्व न्यूज संबाददाता

कार्तिक २९ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले आम नागरिकलाई स्वस्थ, इमान्दार र दक्ष बनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान दिएको स्पष्ट पारेका छन् । सरकार खेलकुदको क्षेत्रबाट मुलुकको प्रतिष्ठा उचाईमा पु¥याउन प्रतिवद्ध रहेको मन्त्री केसीले बताए ।

 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री केसीले सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो प्रयास गरिरहेको दावी समेत गरेका छन् ।