प्रकाशित: २०७४ मंसिर ०२
को हून सबैभन्दा धेरै कर तिर्ने व्यक्ति ?

Image

-विश्व न्यूज संबाददाता

छैठौं राष्ट्रिय कर दिवस कार्यक्रममा सरकारले सबैभन्दा बढि व्यक्तिगत कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरेको छ । व्यवसायी सिद्धार्थ शमशेर राणा यस वर्ष सबैभन्दा बढि व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् ।

 

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा मुख्य सचिव लोकर्दशन रेग्मीले राणालाई व्यक्तिगत आयकर तिर्ने करदाताको रुपमा सम्मान गरेका हून । सिप्रदी ट्रेडिङका संचालक राणा लगातार तीन पटक सम्म सरकारलाई सबैभन्दा बढि आयकर तिर्ने व्यक्ति बनेका छन् ।

 

व्यापार व्यवसाय तर्फ धेरै आयकर तिर्ने कम्पनीको रुपमा पनि राणा संचालक रहेको सिप्रदी टे«डिङलाई नै सम्मान गरिएको छ । त्यसैगरी सबैभन्दा बढि मूल्य अभिवृद्धिकर तिर्ने कम्पनीको सम्मान भने पवनकुमार इन्टरनेशनललाई दिइएको छ । यो वर्ष सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । निर्याततर्फ सबै भन्दा बढि कर भर्सन्ड टेक्नोलोजीले तिरेको छ । त्यसैगरी कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकर दाताको सम्मान राष्ट्रिय विउविजन प्रालिले पाएको छ ।

 

सरकारले हिमालयन बैंकलाई पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मान गरेको छ । बिमातर्फ नेपाल पुनर्विमा कम्पनी, सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकलाई उत्कृष्ट आयकरदाताको रुपमा सम्मान गरिएको छ । त्यसैगरी सरकारले सूचना प्रविधिमा वल्र्ड लिंकलाई उत्कृष्ट करदाताको सम्मान दिएको छ । पर्यटनतर्फ टाईगर टप्स प्रालिले सबैभन्दा बढि आयकर तिरेको छ ।