प्रकाशित: २०७४ मंसिर ०४
व्यक्तिगत आवेगमा एनआरएनए अभियान, व्यक्ति सिफारिशमै किचलो

Image

-विश्व न्यूज संबाददाता
न्यूयोर्क । आन्तरिक समस्याबाट माथि उठ्न नसकिरहेको गैरआवासीय नेपाली संघसम्बद्ध नेपाली डायस्पोरामा फेरि अर्को किचलो सुरु भएको छ । आन्तरिक एकता नहँुदा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिमा दरिलो उपस्थिति जनाउन नसकिरहेको अमेरिकाको एनआरएनसम्बद्ध नेपाली डायस्पोरामा एकपछि अर्को किचलो देखिने गरेको छ ।
तत्कालीन समयमा हालका क्षेत्रीय संयोजक गौरीराज जोशीले विधानतः एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी दिन मिल्ने वा नमिल्ने विषयमा उनको पक्ष र विपक्षमा विभाजित हुन पुगेको एनआरएन अमेरिकासम्बद्ध डायस्पोरा सधैं व्यक्तिगत आवेशमा रापिने गरेको छ । तत्कालीन समयमा जोशी अध्यक्ष पदको उम्मेदवारीबाट पछि हटेका थिए । हालको निर्वाचित समिति र नेतृत्वको बलमा उनी क्षेत्रीय संयोजकमा निर्वाचित भएका थिए । समयसँगै विगतको तुष हटेको ठानिए पनि पछिल्लो घटनाले तुष बाँकी रहेको देखाएको छ । आपसीखिचातानीकै कारण नेपालमा भएको ग्लोबल सम्मेलनबाट पदाधिकारीतर्फ रित्तो फर्किएको -आरसी,
डिआरसीबाहेक- अमेरिकाको एनआरएनसम्बद्ध डायस्पोरा अमेरिका फर्किएपछि पनि मिल्न नसकेको देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय समन्वय परिषद्मा मनोनित हुने सदस्यको नाम सिफारिश
गर्ने क्रममा क्षेत्रीय संयोजकले एनआरएन अमेरिकाको समितिलाई अपमानित गरेका छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सदस्य सिफारिश गर्ने अधिकार विधानले क्षेत्रीय संयोजकलाई नै दिए पनि त्यो अधिकार प्रयोग गर्ने क्रममा उनले एनआरएन अमेरिकाको राष्ट्रिय समितिलाई पेन्डुलम बनाइदिएका छन् ।
सम्बन्धित क्षेत्रभित्र पर्ने राष्ट्रिय समितिहरु र उपक्षेत्रीय संयोजकसँग समन्वय गरी केन्द्रमा नाम सिफारिश गर्ने अधिकार क्षेत्रीय संयोजकलाई रहे पनि क्षेत्रीय संयोजक गौरीराज जोशीले त्यसलाई वास्ता नगरी अधिकार प्रयोगलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । 
 
राष्ट्रिय समितिसँग नाम मागेर उनले राष्ट्रिय समितिबाट सिफारिश गरिएकाको नाम काटेर आफ्नो हिसाबले नाम केन्द्रमा सिफारिश गरेका छन् । जसले एनआरएन अमेरिकाले गरेको सिफारिशको निर्णयदेखि सिफारिश भएका व्यक्तिलाई समेत अपमानित गरेको छ । क्षेत्रीय संयोजकले एनआरएन अमेरिकाको समितिलाई अपमानित मात्र गरेका छैनन्, उनको निर्णयप्रति स्वयम् उपक्षेत्रीय संयोजक नविन शेरचनले पनि असन्तुष्टि जाहेर गरिसकेका छन् ।
उनले एनआरएन अमेरिकाले सिफारिश गरेको नामलाई नै सही मान्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सिफारिश गरेर जोशीको सिफारिशलाई अप्ठ्यारोमा पारिदिएका छन् ।
जोशीले नाम सिफारिश गर्न आग्रह गरेअनुरुपमै ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् -एनसीसी– अमेरिकाको कार्यसमितिले बहुमतले नाम सिफारिश गरेको निर्णयमा गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक ९आरसी० जोशीले त्यसमा फेरबदल गरेका हुन् ।
‘जोशीजीले आफ्नो अधिकार क्षेत्रभित्रको हो भन्ने थियो भने नाम नै माग्न हुँदैनथ्यो, मागेर यस्तो नगरेको भए हुने हो,’ एनआरएन अमेरिकाका एक पदाधिकारीले भने– ‘पावरलाई सही ठाउँमा प्रयोग गरे मात्रै त्यसले राम्रो गर्ने हो, सबैले आफुलाई मन लागेको मात्रै गर्ने हो भने समस्या घट्ने होइन बढ्ने हो ।’
एनआरएन अमेरिकाले आईसीसी सदस्यका लागि बहुमतले पारित गरेका तीन जना व्यक्तिहरुको नाम आरसी जोशीलाई पठाए पनि जोशीले एनसीसीले सिफारिश गरेका तीन जनामध्ये दुई जनालाई हटाइदिएर
नयाँ नाम केन्द्रमा पठाएका थिए ।
एनआरएन अमेरिकाको हालै बसेको कार्यसमिति बैठकले अमेरिकाबाट आईसीसी सदस्यका लागि शिवकुमार राई, टीका चौधरी र डा। सञ्जीव सापकोटाको नाम सिफारिश गरेको थियो । तर, आरसी जोशीले राई र सापकोटाको नाम कटाएर अमेरिकाबाट टीका चौधरीसँगै पासाङ लामा, राजन त्रिपाठी र डा। अर्जना पाण्डे लामिछानेको नाम केन्द्रमा सिफारिश गरेर फेरि विवाद बल्झाएका छन् ।
‘नाम सिफारिशका लागि पठाउन उहाँकै अनुरोध पत्रकै आधारमा मस्टली त्यो बैठक बसेको थियो, यही नाम सिफारिश गर्नका लागि बैठक भएको थियो, सर्वसम्मत्तिले नाम सिफारिश ग¥यौं, तर त्यसलाई उल्टाउने काम भयो,’ बैठकबारे ती पदाधिकारीले भने– ‘राष्ट्रिय समन्वय समितिसँग मिलेर नै काम गर्ने हो, यसरी कसरी चल्छ र ।’
राष्ट्रिय समन्वय परिषद्ले सिफारिश गरेको नाममा चित्त नबुझे बरु समितिमै पठाएको भए वा सल्लाह गरेको भए जोशीको उदारता देखिने ती पदाधिकारी जनाए ।
क्षेत्रीय संयोजक गौरी जोशीले आईसीसी सदस्यका लागि आफ्नो क्षेत्रबाट राजन त्रिपाठी, पासाङ लामा, डा लक्ष्मी पाठकसहित ६ जनाको नाम सिफारिश गरेका छन् । क्षेत्रीय संयोजकले आईसीसी सदस्यका लागि
पठाएको सूचीमा एनआरएन अमेरिकाले सिफारिश गरेका ३ जनामध्ये एक जनाको नाम मात्र परेको छ ।
क्षेत्रीय संयोजक जोशीले एनआरएनएका महासचिव बद्री केसीलाई पठाएको सिफारिश पत्रमा क्यानडाका दुई जना र अमेरिकाका चार जना परेका छन् । यसमध्येबाट आईसीसीमा बढीमा ४ जनासम्म सदस्य
मनोनीत हुन सक्छन् ।
जोशीको सिफारिशमा परेका अन्यमा अभिमन्यु बस्नेत क्यानडा, टीका चौधरी र डा अर्जना पाण्डे लामिछाने अमेरिका छन् । त्रिपाठी, लामा अमेरिकाका हुन् भने पाठक क्यानडाका हुन् ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा ५ क्षेत्रबाट १४ जना मनोनित हुनेछन् । अमेरिका क्षेत्रमा सदस्य बढी भएकाले क्षेत्रीय संयोजकले पहल गर्न सक्दा ४ जनासम्म मनोनित हुन सक्ने बताइन्छ । तर, आन्तरिक विवादको असर त्यहाँ पनि देखिने संकेत देखा परिसकेको छ ।
क्षेत्रीय संयोजककै सिफारिशमा उपक्षेत्रीय संयोजक शेचरनकै असहमति रहेको छ । उनले एनसीसीहरुबाट सिफारिश गरिएको नामावली नै सही भएको भन्दै शिवकुमार राई अमेरिका, डा सञ्जीव सापकोटा अमेरिका, टीका चौधरी अमेरिका, डा लक्ष्मी पाठक क्यानडा र अभिमन्यू बस्नेत क्यानडाको नाम केन्द्रमा पठाएका छन् ।
यता, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा केशव पौडेलले सबैबीच समन्वयमै काम हुन सक्दा एनआरएनले महत्वपूर्ण काम गर्न सक्ने बताए । उनले यसबारे अन्तिम निर्णय आईसीसीले गरिनसकेकाले
अझ यस सम्बन्धमा सबैबीच समन्वयमै काम हुनेमा आशा व्यक्त गरे । ‘आईसीसीले गर्ने निर्णयलाई हामीले मान्नुपर्ने हुन्छ,’ उनले भने– ‘कोही कसैले पनि एक्लैले काम गर्ने होइन, टिमले नै गर्ने हो । मलाई लाग्छ, यसमा हामीहरु मिलेर नै सही निर्णयमा पुग्छौं