प्रकाशित: २०७४ मंसिर ०४
पहल गरे टीपीएस नवीकरण सम्भव छ

Image

-डिल्लीराज भट्ट, एटोर्नी
पहल गरे टीपीएस नवीकरण सम्भव छ
डिल्लीराज भट्ट, एटोर्नी
नेपालमा भूकम्प गएपश्चात् अमेरिकी सरकारले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) उपलब्ध गराएको छ । ३ वर्षअघि जुनमा उपलब्ध यो सुविधाका कारण धेरै नेपालीले लाभ लिएका छन् । स्थायी रुपमा बसोवास गर्ने अनुमति नभएका र कानुनी रुपमा काम गर्ने अवसर नपाउनेका लागि यो सुविधा महत्वपूर्ण अवसरको रुपमा रहेको छ । यही सुविधाको उपयोग गर्दै लामो समयदेखि देश जान नपाएका सयौं नेपाली देश गएर अमेरिका फर्कन सकेका छन् । यो टीपीएसको अवधि आउँदो जुन महिनामा सकिँदै छ । ३ वर्षअघि डेढ वर्षका लागि प्राप्त यो सुविधा पछि डेढ वर्ष थपिएको थियो । त्यो डेढ वर्ष पनि सकिन लागेको छ भने अमेरिकाका डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता आप्रवासी नीतिमा भइरहेको कडाइ अनि विभिन्न देशलाई दिइएको टीपीएस सुविधा नवीकरण नभइरहेको अवस्थामा
नेपालीलाई दिइएको टीपीएस सुविधा पनि नवीकरण नहुने हो कि भन्ने चिन्ता बढेको छ । नवीकरणका लागि पहलसमेत सुरु गरिएको छ । यसैक्रममा सर्वप्रथम नेपालीलाई टीपीएस उपलब्ध गराउन अभियान सुरु गर्दाका एक अभियन्तामध्येका एक हुन्– एटोर्नी डिल्लीराज भट्ट । अहिले पनि नवीकरणका लागि पहल अघि बढिरहँदा उनीसँग विश्वसन्देशले गरेको कुराकानी–
के अहिले चर्चा भएजस्तैं नेपालीका लागि पनि गाह्रो हुने अवस्था हो ?
यस्तो नै हुन्छ भन्न सकिँदैन । मुख्यतः जसरी अहिले अमेरिकामा नयाँ राष्ट्रपति आउनुभएको छ । उहाँ पहिलाबाट नै अलि आप्रवासीप्रति अनुदार नै देखिनुहुन्थ्यो । नयाँ राष्ट्रपति, नयाँ सरकार आएपछि यहाँको प्रशासनको काम गर्ने तरिका पनि अलि फेरिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले जसरी चुनाव अघि बोल्नु हुन्थ्यो, राष्ट्रपति भएपछिका केही गतिविधिलाई हेर्दा अलि चिन्ता लिनुपर्ने अवस्थाचाहिं हो । 
उसो भए अलि गम्भीर विषय हो भन्न खोज्नुभएको हो ?
एकदम यो गम्भीर कुरा हो । ३ वर्षअघि यो सुविधा आएपछि धेरै यसबाट लाभान्वित भएका थिए । पहिलो डेढ वर्षको समय सकिएपछि नवीकरण पनि भयो, जसले गर्दा अमेरिकामा काम गर्न पाउने मात्र होइन नेपालसमेत धेरै जानुभयो । अहिले पनि १२ हजार जति यही सुविधामा हुनुहुन्छ । स्थायी रुपमा अमेरिका बस्ने अनुमति नभएका र काम गर्ने कानुनी आधार नभएकाहरुका लागि यो एकदमै महत्वको विषय हो, हामी सबै एक पटक उहाँहरुको ठाउँमा रहेर हेरौं कागज नहुँदा परिवार भेट्न जान नपाउँदाको पीडा, डराई–डराई काम गर्नुपर्ने अवस्था यी सबै धेरै गम्भीर कुराहरु यो टीपीएसले सम्बोधन गरेको छ । त्यसैले यो एकदमै गम्भीर विषय नै हो ।
नवीकरण नहुने केही संकेत देखिएर होला नि यसका लागि पहल थालिएको ?
संकेतभन्दा पनि यसको गाम्भीर्यता नै महत्वपूर्ण हो । अहिलेको अमेरिकी प्रशासनका पछिल्ला आप्रवासीसम्बन्धी केही निर्णयहरु हेर्दा यो बुझ्न गाह्रो छैन । टीपीएसकै हकमा कुरा गर्दा कतिपय टीपीएस सुविधा दिएका देशको यो सुविधा काटिएको छ । राष्ट्रपनि ट्रम्प स्वयम्ले पनि अब यो आवश्यक छैन भनिरहनुभएको छ । टीपीएस नवीकरण गरिए पनि ६ महिना मात्रै गरिएको अवस्था छ । नर्मली डेढ वर्ष गरिएको पाइन्थ्यो । यी सबै कुरालाई हेर्दा नेपालको हकमा पनि यसै होला भनेर भन्न सकिन्न ।
अनि के नीति नै त्यस्तो लिएको अवस्थामा हामीले गरे केही सम्भव होला र ? 
सुरुमा जतिखेर नेपालीलाई टीपीएस सुविधा मिल्यो, त्यो पनि त्यसै भएको होइन । यो सुविधा उपलब्ध गराउन धेरैं मेहनत परेको छ । हामी सबैले गरेर नै भएको हो, मुख्य कुरा हाम्रो विषय यहाँका जनप्रतिनिधिले जान्नुपर्दछ, उनीहरुलाई हामीले हाम्रो कुरा बताउन सक्नुपर्दछ । उहाँहरुलाई हामीले बुझाउन सक्दा नहुने भन्ने केही छैन । प्रजातान्त्रिक पद्दतीमा हिंड्ने देशमा प्रजातान्त्रिक विधि भनेको जनताको चाहना नै हो भन्ने लाग्छ, त्यसैले हामी सबै लाग्दा सम्भव छ । हामी नेपालीको पहुँचचाहिं त्यो लेभलमा कसरी पु¥याउने त ?
त्यहाँ हामीले हाम्रो कुरा पु¥याउन नसक्ने भन्ने छैन । मुख्य कुरा हामीले चाहनु प¥यो । यहाँका मिडियाहरुमा हाम्रो कुरा लैजानुप¥यो । हामी नेपाली जहाँ छौं, त्यहाँ आफूले सकेको क्याम्पियन गर्नुप¥यो । खासगरी नेपालीको बाक्लो उपस्थिति रहेको ठाउँमा हामीले धेरै गर्न सक्छौं । त्यहाँबाट प्रतिनिधित्व गर्ने सिनेटरदेखि तल्लो तहका जनप्रतिनिधिसमक्ष डेलिगेशन जाने, आफ्ना कुरा राख्ने गर्नुपर्दछ । भेट गर्न नसके पनि चिट्ठी लेख्दा पनि हुन्छ । जसरी हुन्छ, त्यो लेभलको क्याम्पियन हुनुप¥यो । अर्को कुरा,  अहिले रिपब्लिकनको सरकार रहेकाले रिपब्लिकनका सिनेटर, प्रतिनिधिसम्म पनि यो कुरा बढी पु¥याउन सक्नुपर्दछ ।
अनि हामीले दबाब दिइरहँदा नेपालीलाई आवश्यकता छ या छैन भन्ने आधार चाहिं के रहन्छ ?
अरु देशको र हाम्रो देशको अवस्था नै फरक छ । अनि देशको हिसाबले टीपीएसको अवधि सकिने समय पनि फरक–फरक हुन्छ । त्यसैले आवश्यकता बोध देशअनुसार फरक हुन्छ । हाम्रो देशको कुरा गर्दा अहिले पनि पुनर्संरचनाको काम उस्तै छ । सयौं परिवार घरवारविहीन छन् । पुनर्संरचनाको काम ठप्पप्रायः छ, यो अवस्थामा नेपालमा केही गर्ने अवस्था अझै बनेको छैन । यो धुव्र सत्य हो, हामीले यो कुरा जनाउन सक्नुपर्दछ ।
तपाईंले महत्वपूर्ण कुरा उठाउनुभयो, के हामीले बताउँदैमा हुने मान्ने अवस्था बन्छ त ?
जागरुक त हामी आफैं हुनुपर्दछ । बताउने त हामीले नै हो । तर, अमेरिका सरकारको आफ्नै सिस्टम छ, त्यो सिस्टमले पनि सबै कुरा भेरिफाइ गर्छ । इभिडेन्सहरु पनि जोड्छ । मिडियाहरुका सामग्री पनि प्रमाण हुन्छन्, हाम्रो हकमा यो नवीकरण आवश्यकता नै हो भन्ने आधार स्वतः देखिन्छ ।
अरु देशसँग पनि सहकार्य गर्न सकिएला नि ? 
छलफल गर्ने कुरा एउटा हो, सहकार्य नै त अलि फरक विषय हुन आउँछ । किनकि देशको अवस्था फरक–फरक हुन्छ, यो अवस्थामा भर पर्ने कुरा हो । टीपीएस सकिने टाइम पनि फरक हुन्छ । हामीसँग झण्डै ६ महिना बढी छ, हामी अहिलेदेखि नै लागिपरे त्यो गर्न सकिन्छ भन्ने हो । 
यो विषय महत्वपूर्ण हुँदाहुँदै पनि कहिलेकाहीं हाम्रो समुदाय विभाजित हुने गर्छ, यसमा के भन्नुहुन्छ ?
यो कुरा कसले ग¥यो भन्नुभन्दा पनि यो कति महत्वको छ भन्ने कुरा म हेर्छु । हामीले यसको गम्भीरतालाई नै बुझ्ने हो । यसमा यहाँ रहेका नेपाली अनि स्वयम् नेपाल नै लाभान्वित हुने अवस्था रहन्छ । यसमा व्यक्तिगत लाभ–हानि भन्दा पनि विशुद्ध सेवाको रुपमा लिनुपर्दछ । म आफू जसले यो अभियानमा थाल्दा पनि सँगसँगै रहन्छु । न्युयोर्कमा साथीहरुले गरौं भन्नुभयो हामी सँगै छौं कसैले
यसमा सिनियर जुनियर भन्ने कुरा हुँदैन, समुदायकै लागि गर्ने हो ।