प्रकाशित: २०७४ मंसिर ०६
शहरी विकासको नाममा एडीबीको सहायता स्वीकार

Image

-विश्व न्यूज संबाददाता

मंसिर ६ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकले दिने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ  ।

सहायता वापत प्राप्त हुने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि खर्च गर्न स्वीकार गर्ने निर्णय गरिएको बताएको छ ।

बैठकले सरकारका नियमित तथा प्रशासनिक तर्फ पनि  केही निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।