प्रकाशित: २०७४ मंसिर ०७
संघीय तह सञ्चालन गर्न तत्काल ८ खर्ब २० अर्ब चाहिने

Image

-विश्व न्यूज संबाददाता
 
मंसिर ७ । संघीय संरचनाअनुरुप बनेको ७ सय ५३ स्थानीय तह तथा सात प्रदेशका लागि तत्काल ८ खर्ब २० अर्ब बजेट आवश्यक देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 
सात प्रदेश र स्थानीय तहको सृवा सञ्चालनका लागि ८ खर्ब बजेट आवश्यक रहेको अर्थ मन्त्रालयको प्रारम्भिक अध्ययनले देखाएको हो ।
 
‘संविधानले व्यवस्था गरे अनुसारको सबै सेवा प्रवाहका लागि ८ सय २० अर्ब रुपैयाँ तत्काल आवश्यक देखिएको छ,’ कर दिवसका अवसरमा नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा राजस्व सचिव शिशिर ढुंगानाले भने, ‘यसमध्ये अधिकांश रकम पूर्वाधारका लागि आवश्यक हो ।