स्वास्थ्य

रूसमा ४८ घण्टा भित्र २० हजार माथि संक्रमित थपिए

काठमाडौं । रुपमा पछिल्लो ४८ घण्टा भित्र २० हजार भन्दा बढी संक्रमित थप भएका छन् । यूरोप र अमेरिकाबाट कोरोनाको इपिसेन्टर सिफ्ट हुने क्रममा छ ।

यसले अब भारत र रुसजस्ता ठूलो जनसंख्या भएका मुलुकलाई सताउन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र १० हजार ५८१ जना संक्रमित थपिएको रुसी संचारमाध्यमले उल्लेख गरेका छन् ।

आइतबारको तथ्यांकमा समेत एकै दिन १० हजारभन्दा बढीमा संक्रमण भएको थियो । रूसमा अब कुल संक्रमतिको संख्या एक लाख ४५ हजार २६८ पुगेको तथ्यांक रहेको छ।

संक्रमितमध्ये एक हजार ३५६ जनाको ज्यान गइसकेको छ । रूसमा पुष्टी भएको संक्रमित संख्या चीन, टर्की र इरानमा भन्दापनि धेरै हो ।

यसअघि अघिल्लो साता रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तीनलाई नै कोरोना पुष्टी भइसकेको छ । यहाँ ११ मेसम्म लकडाउन रहेको छ ।

रुसमा मस्को सबैभन्दा प्रभावित शहर हो । केही समयअघि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनालाई पराजित गरिसकेको बताएका थिए ।

तर, पछिल्ला दिनमा यसले महामारीको रुप लिइसकेको छ ।