समाचार

मास्क लगायो भने भगवानको अपमान हुन्छ त्यसैले म लगाउँदिन; ओहायो सभासद

ओहायो

ओहायोस्थित एक सभासदले भगवानको अपमान हुने भन्दै मुखमा मास्क लगाउन अस्विकार गरेका छन् । सत्तारुढ दल रिपब्लिकनका सभासद निनो भिटालेले आफ्नो फेसबुकमा लेखेका छन्; “यो देश जुडिओ क्रिस्टियनको सिद्धान्तमा बनेको महान राष्ट्र हो । ती सिद्धान्त मध्ये एक हो हामी सबै भगवानको छायाँबाट बनेका हौं । त्यो छाँया प्राय: हाम्रो अनुहारमा देखिन्छ । त्यसैले म मास्क लगाउँदिन” । मंगलवार भिटालेले आफ्नो फेसबुक क्याम्पेन पेजमा आफ्नो ‘मास्क’ सम्बन्धि धारणामा आधारित भिडियोको आधारमा “न्युज विक” पत्रिकाले लेखेको समाचारलाई समेत पेजमा शेयर गर्दै लेखेका छन्; “कसैले मास्क लगाउँछ भने मलाई भन्नु केही छैन । तर बाध्य गराउने कुरा भने अर्कै हो” । मंगलवारको उनको फेसबुक पोस्टमा उनले मास्कका बारेमा लेखेका छँन् – ‘कसैले पनि अरुलाई मास्क लगाउन रोक्दैन । तर प्रस्ट भन्नु पर्दा मास्क लगाउँदा सबैको स्वतन्त्रताको अन्त्य नाकको टुप्पोमा पुगेर हुन्छ । मास्क लगाउनु पर्छ कि पर्दैन भनेर मलाई कसैले सिकाईरहनु पर्दैन’।  अमेरिकामा कोरोना संक्रमणको आधारमा पन्ध्रौं स्थानमा रहेको राज्य ओहायोमा  हालसम्म ११ सय ३६ को मृत्‍यु भै सकेको छ । ओहायो गभर्नर माईक डिवाईन भने मास्क लगाउनु पर्ने कुरामा वकालत गर्दै आएका छन् । गभर्नर डिवाईन रिपब्लिकन पार्टी समर्थक नै हुन् । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोलले मुख छोपेर हिंड्नु पर्ने बाध्यकारी ब्यबस्था भनेको छ । यद्यपी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत कुनै पनि सार्वजनिक ठाउँहरुमा मास्कमा देखिएका छैनन्