समाचार

भारतसँग सीमा जोडिएका प्रदेश कोरोनाको उच्च जोखिममा, कुनमा कति संक्रमित ?

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्ट अनुसार हालसम्म १७ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्।

भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ ।

प्रदेश ५ मा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै तेस्रो स्थानमा प्रदेश १ छ। भारतसँग सीमा जोडिएको यस प्रदेशमा हालसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै सुदुर पश्चिममा ५ जना संक्रमति हुँदा गण्डकी प्रदेशमा दुई जनामा संक्रमण पुष्टि भएको छ। वाग्मती प्रदेशमा ७ जनालाई कोरोना पुष्टि हुँदा कर्णाली प्रदेशलाई भने कोरानाले छोएको छैन् ।

सुदुर पश्चिम र गण्डकी प्रदेशका संक्रमित निको भएर घर फर्किसकेका छन् भने बागमती प्रदेशकै चितवनमा दुई जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जनाको आइसोलेसनमा उपचार भइरहेको छ। अन्यसबै कोराना मुक्त भैसकेका छन् ।

अन्य जिल्लाहरु उदयपुर जिल्लामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पर्सामा ६४, कपिलबस्तु २९ , बाँके २४ रुपन्देही १६, कैलाली ४, रौतहट ३ बारा ३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं ५, बाग्लुङमा दुई जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन्।

झापा २, बर्दिया, १ भोजपुर १ , कञ्चनपुर १, सप्तरी १ सर्लाहीमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सुदुरपश्चिममा संक्रमित भएका पाँच जना मध्ये कैलालीमा चार र कञ्चनपुरमा एक जना रहेका छन्। उनीहरु पाँचै जना उपचारपछि घरै फर्किसकेका छन्। नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये हालसम्म ३३ जना उपचार पछि निको भएर डिस्चार्ज पनि भएका छन्।

हाल उपचारका क्रममा रहेका सबै कोरोना संक्रमितहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।