रोचक खवर

जीडीपीमा बागमति प्रदेशको हिस्सा धेरै, आर्थिक वृद्धिदरमा सुप अगाडी

काठमाडौं । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा बागमति प्रदेशको रहेको तथ्यांक सार्वजनिक भएको छ ।जीडीपीमा बागमती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने प्रक्षेपण केन्द्रिय तथ्यांक विभागले गरेको हो ।

मंगलबार सार्वजनिक आर्थिक वर्ष २०७६\७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांकअनुसार सात प्रदेशमध्ये जीडीपीमा बागमति प्रदेशले ठूलो योगदान गर्छ ।यहाँ अधिकांश सेवा तथा खुद्रा व्यापारसँग सम्बन्धित आर्थिक गतिविधि हुने गरेको छ । बागमति बाहेक अन्य प्रदेशमा  भने कृषिको गतिविधि बढी हुने गरेको छ ।विभागका अनुसार प्रदेश १ को जीडीपीमा १५.८२ प्रतिशत योगदान छ । प्रदेश नं ५ को १४.१८ र प्रदेश २ को १३.७८ प्रतिशत योगदान रहेको छ ।

गण्डकीको हिस्सा ८.९ प्रतिशत र सुदूरपश्चिमको ७.२१ प्रतिशत छ । सबैभन्दा कम कर्णालीको ४.२७ प्रतिशत देखिएको छ ।राष्ट्रिय जीडीपी यो वर्ष ३७ खर्ब ६७ अर्ब रुपैयाँको रहेको छ । त्यसमा बागमतिको मात्र जीडीपी १३ खर्ब ५० अर्ब रुपैयाँका रहने भएको छ ।

कर्णालीको जीडीपी १ खर्ब ६१ अर्ब रहने छ । आर्थिक वृद्धिदरमा भने सुदुरपश्चिम अगाडी रहने भएको छ ।नेपालको राष्ट्रिय अर्थतन्त्रको वृद्धिदर २.२८ प्रतिशत अनुमान गरिएकोमा सुदूरपश्चिमको वृद्धिदर ४.०८ प्रतिशत रहने बताइएको छ ।

बागमतिको सबैभन्दा कम १.२३ प्रतिशत रहनेछ ।प्रदेश १ को ३.४१ प्रतिशत, प्रदेश २ को २.२८ प्रतिशत, गण्डकीको २.६८ प्रतिशशत, प्रदेश ५ को २ प्रतिशत र कर्णालीको ३.५६ प्रतिशत रहने भएको छ ।