स्वास्थ्य

भीम रावलको सुरक्षामा खटिएका प्रहरीमा कोरोना पुष्टी, नेकपा स्थायी समिति बैठक स्थगित

फाइल तस्बिर

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीमा कोरोना पुष्टी भएको छ ।

मंगलबार भक्तपुरमा कोरोना पुष्टी भएका २ जनामध्ये एक जना सुरक्षाकर्मी थिए । उनी भीम रावलको सुरक्षामा खटिने गरेको पाइएको छ ।

यद्दपी उनी पछिल्लो एक महिना भने बिदामा रहेका थिए ।

भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कोरोनाबाट ग्रसित भएसँगै बुधबार बोलाइएको नेकपा स्थायी कमिटी पनि स्थगित भएको छ ।

बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी दिएको छ ।

सांसदहरुको कोरोना परीक्षण गरिएको छ । तर, अन्य नेताको भने कोरोना परीक्षण भएको छैन ।

सोहीकारण संक्रमण फैलन सक्ने डरले बैठक स्थगित भएको हो ।