समाचार

लिपुलेक नजिकै दार्चुलाको छाङरुमा पुग्यो सशस्त्र प्रहरी

काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको पिलुलेक नजिकै छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।

लिपुलेक नजिकै करीव १० किलोमिटर वर छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट खोलिएको छ ।

बुधबार गृह मन्त्रालयको टोली नेपाली सेनाको हेलिकोप्टरबाट दार्चुला सदरमुकाम गएको थियो ।

सदरमुकामबाट सोही हेलिकोप्टरमा थप सुरक्षाकर्मी लिएर भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै गएको हो ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टर त्यहा गएको हो । प्रहरीका अनुसार यस स्थानमा २५ जनाको टोली रहने भएको छ ।