फिचर

आज सरकारको नीति तथा कार्यक्रम, कोरोना रोकथाम प्राथमिकतामा

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कोरोना भाइरसका कारण शिथिल भएको अर्थतन्त्रलाई माथि उकास्ने योजना र कार्यक्रमहरु सरकारले आज संसदमा प्रस्तुत गर्नेछ । विश्वव्यापी महामारीले सिर्जना गरेको आर्थिक शिथिलताको अन्त्य गर्दै आर्थिक गतिविधिलाई अगाडी बढाउने उद्देश्य अनुसार नीति तथा कार्यक्रम बनाइएको अर्थ मन्त्रालयको भनाई छ ।

अर्थतन्त्रलाई थप गतिशिल बनाउन रोजगारी सिर्जनाका गतिविधिलाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ । मुलुकभित्र उत्पन्न हुने बेरोजगारी समस्या र विदेशमा रोजगारी गुमाएर फर्कने युवालाई रोजगारीमा समावेश गराउन कृषि, साना घरेलु र सेवा क्षेत्रमा लगाइने गरी कार्यक्रम आउँदैछन् । रोजगारी सिर्जनालाई एकिकृत रुपमा अगाडी बढाउन संघ, प्रदेश र स्थानीय तहमा समेत समन्वय गर्ने तयारी समेत छ । यस पटक शिक्षा र स्वास्थ्यका कार्यक्रम बढी हुनेछन् । यसबाहेक रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिने भएको छ ।