स्वास्थ्य

९७३ डाक्टरको राजिनामा पछि माग पुरा

कोलकत्ता । भारतको पश्चिम बंगाल राज्यमा शनिबारसम्म ९७३ जना डाक्टरले राजिनामा दिए । जसले गर्दा राज्यभर अस्पतालमा उपचार प्रभावित भयो ।

पश्चिम बंगालका डाक्टरको आन्दोलनमा देशभरका अन्य राज्यका डाक्टरले पनि समर्थन जनाए । फलस्वरुव राज्य सरकार झुक्न बाध्य भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार पश्चिम बंगालकी मूख्यमन्त्री ममता वेनर्जीले डाक्टरका सबै माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले शनिवार पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेकी हुन् ।

गत १० जुनमा कोलकत्तास्थित एनआरएस हस्पिटलका डाक्टरमाथि हातपात भएपछि डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुलाई आन्दोलन छाडेर तत्काल काममा फर्कन नत्र छात्राबास छाडेर जान मूख्यमन्त्री वेनर्जीले चेतावनी दिएपछि डाक्टरहरुको आन्दोलन झनै चर्किएको थियो ।

वेनर्जीका अनुसार शुक्रबार मन्त्री र सचिवको टोलीलाई वार्ता गर्न खटाएको र उक्त टोलीले ५ घण्टा कुर्दा पनि डाक्टर नआएको भन्दै डाक्टरहरुले पनि एक संवैधानिक संस्थालाई सम्मान गर्न आग्रह गरिन् ।

त्यसो त देशभरका डाक्टरबाट पश्चिम बंगालका डाक्टरको आन्दोलनमा साथ बढ्दै गएपछि केन्द्रिय गृह मन्त्रालयले के भएको हो र समस्या समाधानमा के पहल भइरहेको छ भन्नेबारे जवाफ मागेको थियो ।

ममता वेनर्जीले डाक्टरको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेपछि डाक्टरहरुको तर्फबाट भने अझै कुनै प्रतिक्रिया नआइसकेको संचारमाध्यमहरुले लेखेका छन् ।
एजेन्सी