समाचार

नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्।

बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालस्थित प्रयोगशालामा गरेको १९० जनाको परीक्षण गर्दा बाँकेका ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।