स्वास्थ्य

विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर

काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ । चिनियां राष्ट्रपति सि चिनफिङले सो रकम दुई वर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोनाभाइरस सम्वन्धी सम्पुर्ण विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने स्पष्ट समेत पारेका छन् । विश्वभर फैलिरहेको महामारीविरुद्धको लडाईमा चीनले संसारका सबै मुलुक सङ्ग सहकार्य गर्ने उनको भनाइ छ ।

विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्युनिकरणका लागि यो सहयोग खर्च हुनेछ ।