समाचार

बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

फाइल तस्वीर

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् ।

स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भइसकेको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । यो जारी रहने भएको छ ।

‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको ओडिसा हुँदै उत्तरतर्फ सर्दै गएको चक्रपातले अझै केही दिन नेपालमा समेत पानी पार्ने छ ।

बिभागका अनुसार  मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने छ । पूर्वी नेपालका जिल्लामा हुरी, बतास र चट्याङससहित वर्षा हुनेछ । नेपालमा अम्पुनको अप्रत्यक्ष प्रभाव देखिन थालेको छ ।
अम्पुनले भारत र बंगलादेशमा बढी क्षति पुर्याउने आङ्कलन छ ।