समाचार

विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नजिकै पुगेको छ । मङ्गलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित पुष्टि भएको छ । यसमा नेपालका ३७५ जना समेत सामेल छन् । तथ्यांक अनुसार १९ लाख ३ हजार २०० जना संक्रमणलाई जित्न सफल भएका हुन् ।

विश्वभर ३ लाख १९ हजार ८३८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् । यसअवधिमा ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ । कोरोनाबाट सबैभन्दा बढि अमेरिका प्रभावित छ । यहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ ।