स्वास्थ्य

झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित

काठमाडौं । नेपालमा मंगलबार १५ संक्रमित थप भएका छन् । प्रदेश १ मा मंगलबार ११ जना र प्रदेश ५ मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार झापाका ९, कपिलवस्तुमा ४ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालले पूर्वमा भएको संक्रमणको पुष्टी गरेको हो । सोही अस्पतालमा भएको परीक्षणमा कोरोना पुष्टी भएको हो । झापाका संक्रमित केचनकवल गाउँपालिकाको रहेको बताइएको छ । उता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पुष्टी भएको छ ।

मंगलबार नै कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएको बताइएको छ । उनीहरु क्वारेन्टाइनमा थिए । क्वारेन्टाइनमा बसेको शुरुमा आरडीटी विधिबाट परीक्षण गरिएको थियो । आरडीटी विधिबाट पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको थियो । जहाँ ४ जनामा कोरोना पोजेटिभ देखियो ।