समाचार

'एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ'- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने एमसीसी सभामुखको टेबलमा आइसकेको छ, एमसीसी पास गर्ने कि नगर्ने संसदको निर्णय गर्छ ।

एमसीसी पास नभएपनि लप्सीफेदी/रातमाटे/हेटौंडा र दमौली/बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । एमसीसी सभामुखको टेबलमा आइसकेको छ, अब संसदले निर्णय गर्न सक्छ ।’

सरकारले जनतासँग कुनै छलछामको व्यवहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको दावी गर्दै गर्दै एमसीसी पास नभएपनि ट्रान्समिसन लाईन भने बन्ने दाबी गरे ।