समाचार

सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया

न्युयोर्क

बेलायतस्थित एक १०० वर्षीय दोश्रो विश्व युद्ध अनुभवी (भेटेरान) सेनाले आफ्नै घरको करेसामा घुमेर राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्भिस) का लागि ४० लाख अमेरिकी डलर (पचास करोड) नेपाली रुपैंया चन्दा संकलन गरेका छन् । गत अप्रिल ३० तारिखका दिन ९९ सय बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गरेका दोश्रो विश्व युद्धका अनुभबी क्याप्टेन टम मोरले दक्षिण पूर्वी बेलायतको बेड्फोर्डशरस्थित आफ्नै निवासको करेसामा वाकरको सहायताले घुमेर कोरोना महामारीको समयमा राष्ट्रिय स्वास्थ सेवाको लागि त्यति ठुलो रकम सहयोग संकलन गरेका हुन् । क्यापटेन मोरलाई बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मान समेत गरेका छन् ।  आफ्नो सैनिक जिन्दगीमा क्याप्टेन पदसम्म पदोन्नति भएका मोरलाई भर्खरै मात्र उनको सैनिक सेवाको लागि सम्मानित गर्दै उनलाई अनररी कर्णेल घोषणा गर्ने तयारी समेत गरिएको छ । उक्त सम्मानको लागि बेलायती प्रधानमन्त्रीले ब्यक्तिगत तवरमा मोरलाई असाधारण क्षमताका लागि बिशेष सम्मान गर्नु पर्ने सिफारिस महारानी एलिजाबेथलाई गरेको बेलायतस्थित संचार माध्यमहरुले जनाएका छन् ।  

क्याप्टेन मोरले संकलन गरेको त्यति ठुलो रकमको बिषयमा प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ; “मोरले यति ठुलो सहयोग संकलन गरेर अचम्मै पारेका छन् । उनको यो उदाहरणीय कार्यले सिंगो देशलाई हौसला बढेको छ । कोरोनाको कुहिरोमा आशाको किरण प्रबेश गरेको हामीले अनुभब गरेका छौं, उनी सच्चा राष्ट्रिय सम्पत्ति हुन्”। 

क्याप्टेन मोरलाई कर्णेलको बिशेष सम्मानको सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरी सकेकी छिन् । क्यापटेन मोरले सुरुमा आफ्नो १०० बर्षीय जन्मदिनको उपलक्षमा जम्मा १ हजार पाउन्ड (१२५७ अमेरिकी डलर ) चन्दा संकलन गर्ने योजनामा थिए तर उनलाई अप्रिलमा १ लाख २५ हजार वटा बर्थ डे कार्डको साथमा त्यति ठुलो रकम सहयोग प्राप्त भएको छ ।  

एजेन्सीको सहयोगमा