मनोरञ्जन

मनिषा कोइराला नेपालको पक्षमा उभिदा भारतीय मिडियाको रोदन

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरिन् । यसको विरुद्ध भारतीय मिडिया तल्लो स्तरमा झरेर उनको आलोचनामा लागेको छ । भारतका ठुला र चर्चित भनिएका एबिपी न्युजसहितका मिडियाले भारतको नुन खाएर चीनको समर्थन गरेको भन्दै उनी विरुद्ध लागेका हुन् ।

मनिषाले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सासम्बन्धित टुइटमा कोट गर्दै यो कदमलाइ स्वागतयोग्य भनेकी थिइन् । साथै, उनले यो मामलाले नेपाल, भारत र चीनको सम्बन्धमा कुनै असर गर्न नहुने उल्लेख गरेकी छिन् ।

भारतीय मिडियाले तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतकै भुमी दावी समेत गरेका छन् । यता नेपालले भने ती क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै यसलाइ नेपालको नक्सामा राखिसकेको छ । लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्सा सरकारले आज जारी गरेको छ ।

नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भारतिय मिडियाको दावी छ । मनिषा कोइराला नेपाली चेली हुन् । उनी बलिउडमा लामो समय राज गर्न सफल अभिनेत्री हुन ।