समाचार

नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

काठमाडौं

नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो ।

भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको समेत दाबी गरेका छन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साका बारेमा श्रीवास्तवले भनेका छन्; “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ, जसमा भारतीय भूभागहरू पनि परेका छन्” नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको भन्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

भारतले गत वर्ष आफ्नो नक्सामा कालापानी क्षेत्र देखाएपपछि नेपालमा त्यसको विरोध भएको थियो ।
यो विषयमा भारतको अडानबारे नेपाललाई राम्ररी थाहा भएको भन्दै उनले नेपाल सरकारलाई “नक्सा सम्बन्धि अनुचित दाबी नगर्न” र “भारतको स्वायत्तता र भौगोलिक अखण्डतालाई सम्मान” गर्न आह्वान गरेका छन् । मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

काठमाडौंमा नक्सा सार्वजनिक गर्दै भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पद‌मा अर्यालले “ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा” पहिले छुटेको नेपाली भूमि समेटिएको बताएकी थिइन्।