स्वास्थ्य

नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी

काठमाडौं । नेपालमा बिहिवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो ।

नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुषहरु छन्। त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ। त्यसमध्ये दुई जनाको ज्यान गएको छ । ४१ जना भने निको भइसकेका छन् ।