समाचार

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

क्यालिफोर्निया

अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको पूर्ण बहुमतले सन् २०२४ सम्म भर्नाको लागि ब्याध्यात्मक मापदण्ड एसएटि र एसिटि हटाउने निर्णय गरेको हो । विश्वकै प्रतिष्ठित मध्येको युनिभर्सिटीको यो निर्णयले कलेज भर्ना परिक्षाको दुनियाँको अरबौं रकमको ब्यवसायमा भने महत्वपूर्ण धक्का लाग्ने बाताईएको छ ।  

सन् २०२४ सम्म क्यालिफोर्निया बाहिरको अन्य राज्य र अमेरिका बाहिरका देशबाट युनिभर्सिटी अफ क्यालिफोर्नियामा अध्ययनका लागि आउने विद्यार्थीहरुले हाललाई एसएटि र एसिटिको स्कोर प्रयोग गर्न सकिने जनाईएको छ । विश्वबिद्यालयले सन २०२१ को फल सिजनको लागि कोभिड -१९ को कारण एसएटि र एसिटिको ब्यबस्था हटाई सकेको छ भने सन् २०२४ सम्म पूर्ण रुपमा त्यो ब्यबस्था हटाएर आफ्नै नयाँ भर्ना परिक्षा संयन्त्र बिकास गरिने जनाईएको छ । यो विश्वबिद्यालय अन्तर्गत ९ वटा कलेजहरु छन्