स्वास्थ्य

शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित

काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् ।

शनिबार ९ जना डिस्चार्ज भएसँगै नारायणी अस्पतालमा उपचाररत संक्रमितको संख्या ६२ रहेको छ । अब नेपालमा कोरोनालाइ जित्ने व्यक्तिको सङ्ख्या ७९ पुगेको छ ।