स्वास्थ्य

शनिबार बुटवलमा पनि निको भए १० संक्रमित

बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यस रोगलाई पराजित गर्ने बिरामीको संख्या समेत बढ्दो छ । शनिबार वीरगन्जमा ९ जना डिस्चार्ज भएका थिए ।

साँझ बुटवलमा थप १० जना बिरामी डिस्चार्ज भएका छन् । शुक्रबार समेत बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । शनिबार साँझ बुटवलको कोरोना विशेष अस्पतालबाट एकैपटक १० जना कोरोना संक्रमित निको भएर घर फर्किएको अस्पतालले जनाएको छ ।

यसरी निको भएका सबै कपिलवस्तुका हुुन्। दुई साता अघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितलाई राखिएको छ । धागो कारखानको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जना थिए ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गएका थिए । उनी प्रदेश ५ का पहिलो संक्रमित हुन् । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

यस प्रदेशमा २ सय ७१ मा कोरोना देखिएको छ । प्रदेश ५ मा दुई जनाको ज्यान गएको छ । बाँके र गुल्मीका एक एक जनाको ज्यान गएको छ ।