फिचर

सियान–नेपाल कार्गो रेल सेवा शुरु

काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सियानबाट नेपालका लागि कार्गो ढुवानी सेवा शुरु भएको छ । सियानबाट काठमाडौं सामान पु¥याउने गरी कार्गो सेवा प्रारम्भ भएको हो ।

सियान सहरबाट पिभिसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरु बोकेको काग्रो रेल शुक्रबार चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेको लागि प्रस्थान गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन् ।

सिगात्सेमा कार्गो रेलबाट सामानहरु ट्रकमा राखिने र काठमाण्डौ पुर्याइने चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडलाई उद्धृत गर्दै सिन्ह्वा न्यु एजेन्सीले लेखेको छ । ट्रकमा राखिएका सामान नेपाल–चीनबीचका प्रमुख नाकाहरु तातोपानी र रसुवागढी हुँदै नेपाल भित्रिने बताइएको छ ।

अहिलेपनि चीनका अन्य प्रान्तबाट सिगात्सेसम्म नेपालका लागि कार्गो आउने गरेको छ । शुक्रबार हिँडेको कार्गो सामान काठमाण्डौ आइपुग्न आठ दिन लाग्ने सिन्ह्वाको समाचारमा उल्लेख छ ।