रोचक खवर

नक्सा मात्र होइन, भुमी ल्याउन पहल गर : काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सामात्र नभइ भुमी नै फिर्ता ल्याउन कुटनैतिक पहल गर्न सरकारसङ्ग माग गरेको छ । काङ्ग्रेसले सुगौली सन्धिअनुसार लिम्पियाधुरापूर्वका सबै भूगोल नेपालको भएको समेत स्पष्ट पारेको छ ।

नक्सामा समेटिएका यी भूभागलाई आफ्नो अधीनमा ल्याउन प्रभावकारी कूटनीतिक पहलको लागि दलले सरकारसँग माग गरेको हो ।

काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आइतबार बसेको थियो । बैठकले सुगौली सन्धि र अरू प्रमाणले पनि लिम्पियाधुरापूर्वको भूमि नेपालको रहेको पुष्टि हुने बताएको हो । यी भुभाग नेपालले नै भोगचलन गर्ने गरी भूमि फिर्ताका लागि पहल गर्न सरकारको ध्यानाकर्षण बैठकले गराएको छ ।

सुगौली सन्धि, २०१८ सालको जनगणना, २०१५ सालको मतदाता नामावली, जग्गाको तिरो तिरेको प्रमाणले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको रहेको पुष्टि हुने काङ्ग्रेसको भनाइ छ ।

नयाँ नक्सा जारीपछि हुने संविधान संशाेधन भने सबै दलको सहमतिमा हुनुपर्ने काङ्ग्रेसको भनाइ छ ।