रोचक खवर

एकै पटक डिस्चार्ज भए कोरोनाका १८ बिरामी

वीरगञ्ज । नेपालमा एकै पटक १८ जना कोरोना सङ्क्रमितले कोरोनालाइ जित्न सफल भएका छन् । आइतबार राती कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट एकै परिवारका १८ जना डिस्चार्ज भए ।

लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि बिरामीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

राती डिस्चार्ज हुनेहरु वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्य हुन् । यस परिवारका ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्धले कोरोनालाइ जित्न सफल भएका छन् ।
गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा कोरोना पुष्टि भएको हो । अब नेपालमा कोरोनालाइ जित्ने सङ्क्रमितको सङ्ख्या समेत १ सय नाघेको छ । कुल ६०४ जना सङ्क्रमित भएको नेपालमा १०५ जना निको भएर घर फर्केका छन् । तीन जनाको भने ज्यान गएको छ ।