स्वास्थ्य

नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज

वीरगञ्ज । नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो छ । सोही रफ्तारमा निको हुनेको सङ्ख्या समेत निरन्तर बढ्दो छ । सोमबार कपिलवस्तुबाट ११ जना डिस्चार्ज भएका थिए ।

सोमबार नै वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना सङ्क्रमित निको भएका छन् । दुई पत्रकार सहित कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

लगातार दुई रिपोर्ट नेगेटिभ आए पछि उनिहरु डिस्चार्ज भएका हुन् । यससङ्गै अब नारायणी अस्पतालको आइसोलेसन खाली भएको छ ।

पर्साकै गण्डक कोभिड अस्पतालमा २७ जना संक्रमित उपचार गराइरहेका छन् । यहाँ आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका थिए । अब नेपालमा कोरोनालाइ जित्ने बिरामी १५० नाघेको छ ।