स्वास्थ्य

थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो

काठमाडौं । नेपालमा सोमबार साझ थप ७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिँदा अर्को छिमेकी जिल्ला गुल्मीमा थप भएको छ ।

अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जानकारी दिएको छ ।

उता, गुल्मीमा दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ । सोमबार कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पुष्टि भएको छ ।

सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा देखिएको छ । यस प्रदेशमा दुई जनाको ज्यान गएको छ ।