फिचर

आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, कोरोनाले अर्थतन्त्र प्रभावित

काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशत रहने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२००७६/७७ पेश गर्दै यस्तो जानकारी गराएका हुन् । फागुनसम्म अर्थतन्त्रका धेरै परिसूचक सकारात्मक रहेको भए पनि कोरोनाका कारण त्यसपछि नकारात्मक प्रभाव देखिन थालेको उनले जानकारी गराए ।

केन्द्रिय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ ।  सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको थियो ।

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । व्यापार समेत प्रभावित बनाएको छ ।