मनोरञ्जन

आज १३ औं गणतन्त्र दिवस, दिपावली गर्न सरकारको आह्वान

काठमाडौं । आज नेपालमा गणतन्त्र दिवस मनाइदैछ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सरकारले यस दिनको उपलक्ष्यमा दिपावली गर्न समेत आम जनतासँग आह्वान गरेको छ । जनआन्दोलन २०६२\६३ को बलमा आम निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

दुई सय ३८ वर्ष लामो शाहवंश राज शासनको अन्त्य भई त्यस दिन देखि नेपालमा जनताको छोराछोरी पनि सर्वोच्च तहमा पुग्न सक्छन् भन्ने सन्देश प्रवाह भएको थियो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले औपचारिक समारोह भने आयोजना गरेन् । यसअघि २०७२ साल जेठ १५ मा समेत गणतन्त्र दिवस मनाइएको थिएन् । त्यसदिन सो वर्ष आएको विनासकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस नमनाउने निर्णय भएको थियो ।

गणतन्त्र पछिका दिनहरु अपेक्षित सहज हुने अनुमान जनतको थियो । तर, त्यसअनुसार सरकारहरुले काम गर्न नसकेपछि यस व्यवस्थाप्रति पनि जनतको निरासा भने बढ्दो छ । यद्दपी पात्र खराब हुन सक्छन्, व्यवस्था राम्रो भनि सुद्धिकरणमा लाग्नुपर्छ भन्ने चेतसमेत जनतामा आइसकेको छ ।